नवलपरासी पूर्व । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका ३ खौरेनी बस्ने ६९ वर्षीय जित बहादुर गैरेको घर र गोठमा बुधबार साँझ विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीबाट लत्ता कपडा, भाँडावर्तन, मोबाइल २ थान, नगद, पराल, अन्नपात लगायतका सामग्री जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।




