कपिलवस्तु । कपिलवस्तु जिल्लामा मंगलबार र सोमबार दुई शव मृत अवस्थामा फेला परेका छन् । १९ वर्षीय युवा र ५० वर्षीय पुरुषको शव फेला परेको हो ।
कपिलवस्तु नगरपालिका १२ बिठुवा स्थित आँपको बगैंचामा सोही नगरपालिका १२ सौराहा बस्ने १९ वर्षीय राजनाथ मल्लाह मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनका शवको अवस्था देख्दा मृत्युको कारण पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका १० झिङ्गास्थित खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त शवको पहिचान भने खुलेको छैन । प्रहरीले दुवै घटनामा अनुसन्धान सुरु गरेको छ ।




