रूपन्देही । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १ जनसेवा चोकस्थित सडकमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा १९ वर्षीय रोशन परियारको मृत्यु भएको छ ।
बिहीबार बिहान लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र बा २० च १७५४ नम्बरको कार ठक्कर खाँदा बुटवल उपमहानगरपालिका ३ ट्राफिक चोक बस्ने तथा गुल्मी रूरूक्षेत्र गाउँपालिका ३ थोर्गा निवासी परियार गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




