रूपन्देही । रूपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका ३ बेतानीस्थित सडकमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान लु ३ त ६३२२ नम्बरको ट्याक्टरले लु ४१ प ७५९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तिलोत्तमा नगरपालिका ५ बस्ने ३५ वर्षीय राजन अर्याल गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मणिग्रामस्थित क्रिमशन हस्पिटल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यस दुर्घटनामा स्कुटरमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।




