१. आखिरमा हालको इन्डियाको उत्तर पूर्वी भाग औपचारिक रूपमा विखण्डनको द्वन्दमा फसिसकेको छ । के इन्डियाको उत्तर पूर्वी भाग टुक्रिनु नेपालको हकमा सायद सुखद पक्ष हुन सक्छ ?
नेपालले छोटो दुरीको नयाँ पारवहन सुविधा पाउँछ ? फूलबारीको बाटो नेपालले स्वत: पाउँछ ? कतै हाम्रो समृद्धिको बाटोको ढोका त्यो घटना पछि मात्र खुल्ने हो ? यदि यी प्रश्नहरूको उत्तर सकारात्मक हो भन्ने लाग्छ भने, नेपालको निम्ति हितकर कुरा हो ।
यो कुरालाई मैले केहि वर्ष अगाडि प्रस्ट रूपमा छोटो टिप्पणी (आलेख वा लेख) लेखेको थिए । सायद तराई अनलाइनमा प्रकाशन भएको थियो । खोज्न सकिन्छ त्यो आलेख ।
२. मोदीले अहिले आएर मात्र (सुरुमै किन गरेनन् ?) त्यहाँ सेना परिचालन गरेका छन् । यसको पछाडि ठूलो राजनैतिक तथा कुटनैतिक अर्थ रहन्छ । यो बुझ्नको लागि अरु बढी विखण्डनका इतिहासहरु पढ्नु पर्छ ।
जस्तै: यसले इन्डियाको उत्तर पूर्वी भाग औपचारिक रूपमा विखण्डनको द्वन्दमा फसिसकेको छ भन्ने अर्थ पनि हो ।
३. आफ्ना छिमेकी राष्ट्रहरूको बिरुद्द सधैं तानाबाना बुन्दै आएको इन्डियाले आफ्नै देश भित्र के हुँदै छ भन्ने कुरा जान्न सकेन । उसले त्यो जान्न सक्दैन । त्यो इन्डियाको हेराइ गराइको मानसिकताले गर्दा सम्भव भएको छैन र हुँदैन पनि ।
जस्तै: यसको पछिल्लो उदाहरण हो नेपालको हकमा उसले अपनाउँदै आएको गलत प्रकारको रणनीति । उसको यही गलत रणनीतिको कारण नेपालको तराई र पूर्वी नेपाल पनि इन्डियाको बिरुद्दमा प्रयोग हुने ठूलो सम्भावना वा प्रयोग नै हुँदै छ निकट भविष्य मै ।
यो इन्डियाको गलत नीतिको कारण आफैले उत्पन्न गरेको नयाँ समस्या हो । यद्यपि नेपालको भूभागमा हुँदै गरेका केही नेपथ्यको खेलहरूमा अरु आयामहरू पनि छन् । यसलाई अर्को कुनै प्रसङ्गमा लेख्नु सही होला । यहाँ अरु आयामहरू जान्न आवश्यक छैन पनि ।
४. यसरी जाना जान अहिले आएर इन्डियामा संघर्षको एउटा मात्र फ्रन्टबाट हालै मात्र दुई वटा विखण्डनका वा संघर्षका फ्रन्टहरु खुलेका छन् । जम्ब्बु कश्मीर र उत्तर पूर्वी भागहरू ।
उत्तर पूर्वी भागहरूमा वैदेशिक शक्तिहरूको व्यापक प्रकारको सहयोग बल्ल आएर इन्डियाले आफ्नै आँखाले देख्दै छ र त्यसको परिणाम आगामी दशकमा सायद स्वतः स्वीकार्नु को अलावा अर्को उपाय हुने छैन ।
५. आफ्नै छिमेकी राष्ट्रहरूको बिरुद्द रातदिन षडयन्त्र बुन्ने इन्डियाले नेपालको हकमा आफ्नो रणनीति तथा कार्यक्रम परिवर्तन गरेन भने, नेपालको दक्षिणी भाग र पूर्वी भागलाई पनि उसको नयाँ संघर्षको फ्रन्टमा सहभागी वा सहयोगी बनाइने छ, नियोजित शक्तिहरूबाट नै यसमा दुई मत छैन । यसको लागि थुप्रै भौतिक संरचनाहरु समेत निर्माण भइरहेका छन् नेपालको दक्षिणी भागहरूमा ।
६. अर्थात् नेपाललाई पनि विभिन्न शक्ति केन्द्रहरुले इन्डियाको विखण्डनका लागि प्रयोग गर्ने छन् । त्यसको लागि पूरा का पूरा रणनीति बनाइएको कुरा कतै छिपेको छैन । विभिन्न प्रकारका अखडाहरु बनेका छन्। इन्डियाले पनि आफ्नो हितको निम्ति त्यस्ता अखडा खडा गरिरहेको छ । सबैले जान्न र बुझ्न सक्ने अवस्था छ ।
७. हाल नेपालमा सतहमा देखा परेको नेपालको परम्परागत राष्ट्रबादी शक्ति अर्थात् राजा र दलहरु बीचको संघर्ष पनि त्यसको एउटा पाटो हो । यो संघर्षलाई पनि दुई प्रकारले प्रयोग गर्ने कोसिस भइरहेको छ ।
तराईको शक्तिलाई इन्डियाले हिन्दू धर्मको नाममा प्रयोग गर्न खोजिएको छ भने, पूर्वी भागलाई फेरि इन्डियाको बिरुद्दमा अन्य शक्तिहरूले प्रयोग गरेर हालका दलहरुको सत्ता बिरुद्द प्रयोग गर्दै छन् ! इंडिया यहीँनेर फेल भइरहेको छ ।
यही फेल नीतिलाई करेक्सन गर्ने सामर्थ्य हालको मोदी नेतृत्वको इन्डियाले पनि राख्दैन । मोदी आफ्नो पहिलो कार्यकालमा युरोप (सायद जर्मनी भ्रमणमा थिए 2016 अप्रिलमा, गूगल गर्यो भने थाहा हुन्छ?) पुगेर ठीक यही अप्रिल महिनामा मै नेपालका बिरुद्द निकालेको संयुक्त विज्ञती यसैको ज्वलन्त उदाहरण हो ।
कांग्रेस आई को त झन कुरै छैन किनभने उसैले अक्तियार गरेको नेपाल नीतिमा इंडिया अहिले पनि हिँडिरहेको छ र थियो । मोदी सरकारको पनि कुनै प्रस्ट नीति छैन नेपाल सम्बन्धी किनभने मोदी सरकार पनि उनै पुरानै नीति अक्तियार गरेका कुटनीतिज्ञहरु बाट घेरिएको छ ।
रञ्जित रे जस्ता तल्लो स्तरमा ओर्लिएर नेपालको बारेमा टिप्पणी गर्न सक्ने, धारणा बनाएर बस्ने, सोही अनुसार ब्रिफिङ गर्नेहरू बाट घेरिएको छ मोदी सरकार । यसरी मोदी आफू पनि तिनीहरूबाटै घेरिएका छन् । उनको व्यक्तिगत चाहनाले मात्र त केही हुँदैन नी ।
८. यहाँ स्मरण गर्नु पर्ने कुरा के छ भने, नेपालको हकमा सायद पुरानो नीतिलाई तोड्न मोदीले सुरुमा नेपालको पटक पटक भ्रमण गरेर नेपाललाई संदेश दिने कोसिस गरेका थिए तर नेपालले त्यसलाई बुझ्न सकेन । नेपालका शासकले बुझ्ने कोसिस समेत गरेनन् ।
मोदीको भ्रमणलाई त यहाँका शासकले एउटा नियमित भ्रमण जस्तै गरेर, बुझ्न खोजेर र मोदीको भ्रमणलाई उपलब्धि विहिन पो बनाए ! मोदीको प्रस्ट संकेत थियो की; अब नेपाल र इंडिया बीचको कुटनीति दशकौ देखिको प्रशासन मार्फत होइन राजनीतिक तहको स्तरमा माथि उठान गरौं भन्ने थियो ।
घोर अचम्मको कुरा नेपालका शासकले मोदीको त्यो कुटनैतिक सिफ्ट को चाहनालाई पुरै उपेक्षा गरेको कुरा बुझ्न सकिन्छ । अन्दाज गर्न सकिन्छ । त्यसको असर अहिलेको ओली सरकारसम्म आइपुगेको छ । ओलीले दर्जनौं पटक अनुनय विनय गरिरहेका छन् इन्डियाको भ्रमणको निम्ति तर मोदीले अहिले वास्ता नगरेको अवस्था छ ।
मोदीले अहिले भनिरहेका छन् तिमीहरूले मेरा खरदार सुब्बाहरुसंग कुटनीतिक सम्बन्ध राख्नु, इंडिया भ्रमणमा आउनु आवश्यक छैन किनभने तिमीहरूलाई राजनैतिक भ्रमणको अर्थ नै थाहा रहेनछ । तिमीहरू यसको लागि योग्य रहेनछौ ।
मोदीले गरेको बेवास्ताको अर्थ यही हो । तिनीहरूसँग कुराकानी सहमति गर्नुको अर्थ छैन । तिमीहरूलाई विश्वास गर्न सकिँदैन । सहमतिका केही बुँदाहरू छन् भने पालना गरेर देखाउ भनिरहेका छन् मोदीले ।
९. नेपालको निम्ति नयाँ तेस्रो छिमेकी राष्ट्रको प्रतीक्षा गर्नु बाहेक अरु विकल्प छैन अब । सुखद हो वा दु:खद घटना हो व्यक्तिको हेराइमा फरक पर्छ तर नेपाल राष्ट्रको निम्ति सुखद हो ।
नेपालले इन्डियालाइ सहयोग गर्ने ठाउँ पनि विशेष केही छैन अब । बरु नेपालले पनि घुमाउरो पाराले विखण्डनको बाटोलाई मलजल गर्ने छ । यो अवस्थामा ल्याई पुर्याउने काममा इन्डियाको आफै ठूलो हात छ ।
तर इन्डियाले अहिले पनि कोर्स करेक्सन गर्ने ठाउँ छ र समय छ नेपालको हकमा । के इन्डियाले आफूलाई करेक्सन गर्ला ? कम्तीमा पनि आजसम्मको मिति अनुसार त्यो करेक्सन गर्दैन । गरेको छैन ।
अस्तु ।






