१. यहाँ आफू विपरीत बोल्ने बित्तिकै काटुँला, मारुँलाजस्तो गर्छन्, अनि कहाँबाट बोल्छन्, सचेत जनता पनि ।
२. दल कुन बेला बिक्छ भन्ने ठेगान नहुने देशमा, नेताले कुन बेला गद्दारी गर्छ भन्ने देशमा, उनीहरूले देश नै नबेच्ला भन्न सकिन्न ।
३. अहिले कुन पार्टीको यस्तो नेता छ, जो उभिँदा सबै जातजाति, भाषाभाषीले मानोस् ? त्यही भएर सबैले मान्ने एउटा गर्विलो संस्था होस् भन्ने मान्यता हो ।
४. जब देशलाई संकट परेको बेला त्यो संस्था जहिले संकटमोचकका रूपमा उभिएको होस ।
५. यो जनता, राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति तथा स्वपहिचानको पनि विषय हो नेपालमा ।
६. अहिले हामी निरपेक्ष भएका छौं भन्छौं तर कहिले अनुमान गर्नुभएको छ, यदि यहाँका अधिकांश जनताले वा अल्पसंख्यक जनताले नै किन नहोस्, अपनाउँदै आएको रीति रिवाज धर्म संस्कृति, परम्परा तथा मान्यता बिरुद्द यो देशको राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री सभामुख आदि आदिले बोल्न लेख्न र त्यो अनुसारको हर्कत गर्न गराउन थाले भने नेपाली समाजको एकता कायम रहला वा भंग होला ? विग्रह भएको समाजले उन्नति गर्न सक्दैन भन्ने कुरा त यसै प्रस्ट छैन र ?
७. विश्वमा अहिले ७० भन्दा बढी क्रिस्टियन देश छन्, जहाँका राष्ट्रपति वा राजा उनीहरूको धर्मबाहिरको हुन पाउँदैन । एकाध अपवाद बाहेक, त्यो पनि भैपरि हो । त्यस्तै प्रावधान ४२ मुस्लिम राष्ट्रमा पनि त्यस्तै प्रावधान छ ।
८. नेपालमा हिन्दू धर्मले अरु धर्मलाई थिचोमिचो गरेको घटना विरलै देख्न र सुन्न सकिन्छ । इतिहासमा कहीं कतै गल्ती भएको पनि हुन सक्छ, इतिहासविद्हरुलाई थाहा होला । तर, आधुनिक युगमा त्यो प्रकारको थिचो मिचो खास कहीं कतै देखिदैन भनेर भन्न सकिन्छ ।
९. हाम्रो देशमा मात्र स्वतन्त्रताको नाममा लथालिंग र मनपरी छ । यो पाराले समाज कति दिन टिक्छ भन्न गाह्रो देखिन्छ ।
१०. आशा गरौं नयाँ जननायकको उदयसँगै देशले काचुली फेर्ने छ । सिंगो समाजलाई गोलवन्द गर्ने गराउने जमर्को गर्ने छ, अनि सुनौलो नेपालको बिहानीसँगै भावी पुस्ता रम्ने छ । तर आजका दिनसम्म अर्थात् हाम्रो पुस्तासम्म कुनै गञ्जाइश अझै देखिदैन त ! पहिचान सहितको समृद्ध नेपाल पनि त निर्माण गर्न सकिन्छ । किन हाम्रो स्व-पहिचान कायम नगर्ने ?
अस्तु ।






