१. देश विकास गर्न कुनै एउटा निश्चित प्रकारको ढाचामा टास्सिनु जरुरी छैन भन्ने कुरा बाकी विश्व हेरे पुग्छ I जस्तै; अरबका देशहरु, यूरोपिय देशहरु, ल्याटिन अमेरिकन देशहरु, चिनिया ढाचाको विकास र क्युबाली ढाचाको विकासले यहि कुरा देखाउने गर्दछ I विकासको लागि कुनै एउटा मात्र अमूक सिद्धान्त हुनु नपर्ने रहेछ ।
२. अब हामीले छिटोभन्दा छिटो हाम्रो नेपाली मौलिक विकासको मोडल तयार पार्नु जरुरी छ I त्यो कुनै परम्परागत अर्थात् बनि बनाउ विशेष सिद्दान्त र रणनीतिमा आधारित हुन्, सक्दैन I धेरै प्रकारका अवयहरुको सममिश्रणबाट मात्र त्यो सम्भब छ I के हामी त्यो गर्दै छौ ? अहँ पटक्कै देखिंदैन ।
३. खुसीको कुरा के छ भने, हामीसँग देश र जनताको जिवन स्तर उकास्न प्रयाप्त स्रोतहरु उपलब्ध छन् I तिनीहरुको सहि र उपयुक्त प्रयोग वा दोहन गर्ने शैलीमा हाम्रो विकास मोडल बन्नु जरुरी देखिन आउछ, नकि कुनै परम्परागत प्रणाली । जस्तै; अहिले नेपालले लतारेको नेपाली गणतन्त्र I
४. त्यसैले नेपालमा हामीले लोकतन्त्रका वा गणतन्त्रका नाममा हुने गरेका जे सुकै कुरा पनि स्वीकार गर्न हुदैन I अहिले हाम्रो देशको कथित लोकतन्त्रमा जे भइरहेको छ, त्यो देश र जनताको द्रिघकालिन हित विपरित भइरहेको छ I यसका विरुद्ध आवाज चर्को गर्नु आवश्यक भइसकेको छ ।
५. हामी हाम्रो खुसीको लागि यस्तो प्रकारको प्रणालीलाई निर्ममता पुर्बक आवश्यक परे बुटले समेत कुल्चिनु जरुरी छ I कुल्चने बुटहरुको मोडेलहरु ऊपर व्यापक छलफल गरिनु पर्दछ । विकल्प हामी आफैले तयार गर्नुपर्छ । नेपालले प्रयोग गरेको लोकतन्त्र वा आयातित गणतन्त्र नेपालको हितमा छैन वा हित गर्न सक्दैन भन्ने कुरा त स्पष्ट हुँदैछ ।
६. मुठ्ठी भर वा केही हजार वा केही लाख मानिसहरूको लागि हामीले यो व्यवस्थालाई राखी राख्नु अरु करिब तीन करोड नेपालीहरूको खुसि बन्धक राख्नु हो । करोडौंको खुसि लुटेर केही मानिसहरूको लागि यो तंत्र बोकी राख्नु जरुरी छैन । यसलाई नालीमा फ्याक्नु जरुरी भइसकेको छ ।
७. नेपालीहरूको खुसि लुटिनुको मूल्य वा गुणस्तरयुक्त जीवनको लागि अब छिट्टै विकल्प खोजिनु पर्छ । चाहे त्यो जतिसुकै महंगो र निर्मम किन नहोस I जसले हाम्रो देश १०-१५ वर्ष मै कायापलट गर्न सकोस् I के त्यो वास्तविक समृद्धि तर्फको कायापलट तयारी नगर्ने ?
अस्तु ।






