रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ अञ्चलपुरस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको ज्यान गएको छ ।
बुटवलबाट भैरहवातर्फ आउँदै गरेको लु ७५ प ७८४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक लुम्बिनी साँस्कृतिक नगरपालिका ९ का १९ वर्षीय निरज विश्वकर्मा गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उपचारका लागि भीम अस्पताल, भैरहवा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरूले युवा र सवारी साधन सुरक्षाका लागि ट्राफिक नियमको कडाइका साथ पालना गरिनुपर्नेमा जोड दिएका छन् ।




