रूपन्देही । रूपन्देहीको बुटवल उपमहानगरपालिका ११ बुद्धनगरस्थित श्रमिक पथमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय ५० वर्षीय राजन थापाको घरमा सोमबार दिउँसो जुवातास खेलिरहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसँगबाट नगद ४३ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ ।




