नवलपरासी पूर्व । विनयी त्रिवेणी गाउँपालिका ३ उदय टाँडीस्थित सडकमा बिहीबार दिउँसो चिसापानीबाट उदय टाँडीतर्फ जाँदै गरेको लु ४ त ३६४२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक श्याम आले मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो । साथै, दुर्घटनामा घाइते ट्याक्टरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको कारण खुल्न आवश्यक अनुसन्धान गरिरहेको छ ।




