रूपन्देही । बुटवल उपमहानगरपालिका ११ युद्धनगरस्थित नहरमा एक ५ वर्षीय बालकको शव फेला परेको छ । बुधबार बिहान सोही वडाको न्यू दुर्गानगरका सक्षम पुन मृत अवस्थामा नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
सक्षम मंगलबार दिउँसोदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बुधबार बिहान नहरमा उनको शव फेला परेको हो । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




