रूपन्देही । रूपन्देहीको गैडहवा गाउँपालिका ८ सितलडाँडास्थित सडकमा शनिबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा अर्घाखाँचीकी ६८ वर्षीया पैदलयात्री कुमारी कुँवरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लु ६१ प ७२३८ नम्बरको मोटरसाइकलले कुमारी कुँवरलाई ठक्कर दिएको थियो । ठक्कर लागेर गम्भीर घाइते भएकी कुँवरलाई चौराहा अस्पताल बुटवल पुर्याइयो जहाँ उनको उपचारका क्रममा राति निधन भएको हो ।
यसैगरी, दुर्घटनामा घाइते मोटरसाइकल चालकको पनि चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




