रूपन्देही । रूपन्देहीको सैनामैना नगरपालिका ४ कुश्मास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार राति लु ३० प १२१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २२ वर्षीय प्रेम कुमाल गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै भैरहवास्थित अस्पतालमा उपचारका लागि लगिएको भएपनि थप उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । दुर्घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




