रूपन्देही । रूपन्देहीको सियारी गाउँपालिका ७ भर्तापुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
ना ६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका ७ गरकट्टी निवासी ५५ वर्षीय राम मिलन धवलको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका धवलको भैरहवास्थित सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार जारी छ ।
दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




