काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । ललितपुरको खोकना क्षेत्रबाट सुरू भई बारा, निजगढसम्म पुग्ने ७०.७९ किलोमिटर लामो यो परियोजना नेपालको पहिलो फास्ट ट्र्याक सडक हो ।

फास्ट ट्र्याक निर्माण २ खर्ब ११ अर्ब रुपैयाँ लागतमा नेपाली सेनाले गरिरहेको छ । यस सडक खण्डमा ७ वटा सुरुङमार्ग बन्ने छन्, जस मध्ये ४ वटा सुरुङमार्गको ब्रेकथ्रु सम्पन्न भइसकेको छ ।

यस्तै, कुल ८९ वटा पुल निर्माण गर्ने योजनामध्ये हालसम्म ५ वटा पुल निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सन् २०७४ सालमा औपचारिक रूपमा सुरू गरिएको यो परियोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हालसम्म जम्मा ४२.७३ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।








