बर्दिवास । नेकपा एमाले मधेश प्रदेश कमिटीले मधेस प्रदेशमा पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहको बजेट निर्माण र कार्यान्वयनका बारेमा प्रशिक्षण दिएको नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए ।
आज सम्म गरेको कामको समीक्षा गरि आगामी बजेट कसरी निर्माण गर्नका लागि प्रशिक्षण दिइएको पौडेलले बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम, विज्ञ गणेश तिमल्सिना र नवराज गेलालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै गौतमले स्थानीय तहको योजना तथा बजेट जनताको मन छुने गरी जनमैत्री, आधारभुत जनतको जीवनलाई रुपान्तरण गर्ने गरी बनाउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका थिए । आफ्नो चार वर्षे कार्यकालको समिक्षा गरी भावि योजना तथा वजेट निर्माण गर्न अपिल गरेका थिए ।
त्यसैगरी मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय पार्टी सगको सहकार्यमा बजेट निर्माण आग्रह गरेका थिए । कार्यक्रममा विज्ञ गणेश तिमिल्सिना, नवराज गेलालले स्थानीय तहका वहुआयामिक पक्षमा प्रशिक्षण दिएका थिए ।
अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिब मनोज पौडेल र उपाध्यक्ष बिचारी यादवले स्वागत गरेकी थिइन् । कार्यक्रममा केन्द्रीय सदस्यहरू अच्युत मैनाली, प्रभु हजरा, प्रदेशका श्रम तथा यातयात मन्त्री सारदा थापालगायत स्थानीय तहका प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको थियो ।






