सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका ३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ र ३२ वर्षीय युवा रहेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका ३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका ३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको मचानमा बसेको अवस्थामा शंकास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।
उनका अनुसार शरीर खान तलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।




