जनकपुरधाम । प्रहरीले धनुषाको विदेह नगरपालिका १ ठाढीझिझास्थित तिनकौरियाबाट खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका वडा १ बस्ने लक्ष्मी दास र अर्जुन कुमार यादव रहेका छन् ।
उनीहरूको शरीर तलासी लिँदा लक्ष्मीको साथबाट प्रतिबन्धित औषध खैरो हेरोइन जस्तो देखिने (लेदो) पदार्थ प्लास्टिकसहित ९.४२ ग्राम, नगद १२ हजार र १ थान मोबाइल र अर्जुनको साथबाट मोबाइल १ थान, ३ हजार तथा मोटरसाइकलसमेत फेला परि पक्राउ गरेका इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।




