मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा प्रेम जीवन सुमधुर रहनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा खर्च र व्यवस्थापनलाई लिएर सावधान रहनुहोस् । वैदेशिक भ्रमणको सुअवसर मिल्नाले मन प्रसन्न रहनेछ । साताको अन्तिममा धेरै समय देखि रोकिएको कार्य पुन: सुचारु हुनेछ । आयपक्ष सबल र सुढृढ रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा मनको कुरा व्यक्त गर्ने अवसर प्राप्त हुनेछ । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा नजिकका व्यक्तिसँग घनिष्ठ सम्बन्ध हुनेछ । भावनात्मक रुपले यो साता शुभ रहनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला तर मेहेनत व्यर्थ जानेछैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा कार्यक्षेत्र फराकिलो बन्नेछ । कार्य क्षेत्रमा समयमा कार्यसम्पादन गर्नमा सफल भइनेछ । साताको मध्यमा जिवनसाथिको सहयोगले घेरै लाभ मिल्ला । महत्वकांक्षी नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ । साताको अन्तिममा प्रतिस्पर्धात्मक अनुभवले गर्दा सहज जित हात लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सामाजिक सद्भाव बढ्नेछ । नयाँ सम्पर्क वा सल्लाहबाट गरेको कार्य लाभदायी रहनेछ । साताको मध्यमा मनोरञ्जनात्मक कार्यमा मन जानेछ । अवसर पाउनलाई सङ्घर्ष भएतापनि प्रतिफल राम्रो पाईएला । साताको अन्तिममा मित्रहरूसँग सुखद् भेटघाट हुनेछ । अरुलाई भावना व्यक्त नगर्नु यहाँको लागि उत्तम हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा पराक्रममा वृद्धि हुनाले शत्रु परास्त हुनेछन् । नसोचेको आर्थिक सहयोग आफ्नैबाट पाइएला । साताको मध्यमा मनमा अस्थिरता र सामान्य छट्पटि रहन सक्छ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा परिवारसँग आरामदायक समय व्यतीत हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् । स्वार्थको काम गराउन खोज्नेहरु टाढा हुनेछन् । साताको मध्यमा भावनात्मक निर्णयहरु सकेसम्म नगर्नुहोस् । कामको सिलसिलामा अपजस आउनाले मन खिन्न रहन सक्छ, धैर्य बनाएर राख्नुहोस् । साताको अन्तिममा धार्मिक यात्राको योग रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ । परिवारमा नयाँ दायित्व मिल्नाले अलि मन भारि हुन सक्छ । साताको मध्यमा साहित्य कलातर्फ मन लाग्नेछ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । साताको अन्तिममा सोचेको काम पूरा हुनाले आनन्द मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा विशेष अर्थलाभ हुनेछ । कार्य क्षेत्रमा तपाईको कामको शुभ प्रभाव बढ्नेछ । साताको मध्यमा विदेशसँग सम्बन्धित कार्यले सफलता मिल्नेछ । आफ्नै कार्यशैलीले गरेको कार्यले मात्र सफलता दिने योग हुँदा अरुको सुझावमा कार्य नगर्नुहोला । साताको अन्तिममा नयाँ कार्यप्रति चासो र उत्साह बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्यक्षेत्रमा सरकारी पक्षबाट प्रशंसा पाइएला । व्यापार व्यवसायमा परिवारको सहयोग मिल्नेछ । साताको मध्यमा पायक स्थानमा भ्रमणका योग छन् । मन मिल्ने व्यक्तिसँगको घुमघामले मनमा उमंग र उत्साह जाग्नेछ । साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा सामाजिक र धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा विशेष लाभको संकेत रहेको छ । साताको मध्यमा कीर्तिमान राख्ने कार्य गर्ने अवसर मिल्नेछ । छोटो कामको लागि लामो यात्रा तय हुन सक्छ । साताको अन्तिममा नयाँ अनुभवहरु थपिनेछन् । राजनीति वा नोकरी क्षेत्रमा प्रसिद्धि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विद्यार्थीले प्रतियोगी परीक्षामा सफलता पाउनेछन् । सामाजिक कार्यबाट छुट्टै पहिचान बनाउने समय रहेको छ । साताको मध्यमा दाम्पत्य जीवनमा जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आम्दानिका नयाँ स्रोत पत्ता लाग्नेछन् । साताको अन्तिममा पारिवारिक असमझदारी हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा उच्च मनोबल रहनाले आँटेको कार्य सफल रहनेछ । परिवारसँग प्रेमिल समय व्यतीत हुनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साताको मध्यमा बोलिको विपरित अर्थ लाग्नेछ । कुनैपनि कार्य प्रारम्भ गर्दा अनुभवि व्यक्तिको सल्लाह लिनुहोला । शेयर बजारबाट लाभ हुनेछ ।






