काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेका गतिविधिप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बाँस्कोटाले विपद्को समयमा ‘नीलो क्रान्ति’का नाममा भिआइपीहरूले गरिरहेका भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साएको टिप्पणी गरेका हुन् ।
जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस विषयमा धनी राष्ट्रहरूको बेवास्ता पनि उत्तिकै रहेको बताएका छन् । विपद्का बेला अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त भए पनि त्यसलाई प्रदर्शन र व्यापारको माध्यम बनाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपत्मा नीलो क्रान्तिवाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो । जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ र धनी राष्ट्रहरूको वेमतलब पनि उस्तै । सहयोग त दिएकै छन्, तर यस्तो लाग्छ- त्यो आँसुको अन्तहीन व्यापार चलिरहन्छ ।’




