मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता प्यारो साथी सँग भेट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुन सक्छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । शेयर बजारको लगानीबाट धन सम्पत्ति हात पर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता नसोचेको ठाउँबाट धनागम हुनेछ । आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाब पनि बढ्दै जानेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ र शुभ कार्यको योजना समेत बन्नेछ । साताको उत्तरार्ध बाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता रमणीय र सुखद यात्राको योग छ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शैक्षिक क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्ध बाट नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ कार्यको थालनी हुनेछ । अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ भाग्यले विभिन्न अवसर जुराउनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । निर्णायक क्षमतामा कमी आउनेछ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)




