मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता कर्तव्य बोध हुने र आस्था बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुन सक्छ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । शेयर बजारको लगानीले पनि लाभ नै मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पदोन्नतीको सम्भावना प्रवल छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता घरमा अतिथिको आगमन हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भौतिक साधन जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । घर परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता गरेको काममा ढिलासुस्ती हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ । चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा मन खुसी रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । रोकिएको धन हात पर्ला । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता पितृ कार्यमा सरिक भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय पनि छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएको धन हात लाग्न सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमी वा प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला समान हराउने वा दुख पाइन सक्छ । (अधिक जानकारीका लागि 977-9849559502)




