मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने, खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । व्यापारमा सफलताले मन रमाउनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ । अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कमाइ राम्रैसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्य पक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।




