एजेन्सी । महाराष्ट्रमा लखनउबाट मुम्बई जाने पुष्पक एक्सप्रेसमा २० वर्षीय युवतीको सामुहिक बलात्कार भएको छ । शुक्रबार राति करिब ८ बजे ८ जनाले इगतपुरी–कसारा स्टेसनको बिच उनीहरुले लुटपाट समेत गरेका थिए ।
घाट इलाका भएका कारण यात्रीले सहयोग पाएनन् । लुटपाटको समय उनीहरुले आफ्नो श्रीमानसँग यात्रा गरिरहेकी २० वर्षीय युवतीको सामुहिक बलात्कार गरेका हुन् ।
कसारामा पुगेपछि यात्रीहरुले रेलवेसँग सहयोग मागेका थिए, त्यसपछि लगतै मुम्बई जीआरपीले ती गुण्डाहरुलाई खोज्न सुरु गर्यो । कल्याण रेलवे पुलिस स्टेसनमा यो घटना दर्ता भएको छ ।
जाआरपी कमिश्नर कैसर खालिदका अनुसार ८ गुण्डाहरु ट्रेनमा चढे । उनीहरुले पहिले लुटपाट गरे र ती महिलालाई सामुहिक बलात्कार गरे । यस घटनामा ४ जना पक्राउ परिसकेका छन् । ४ जनाको खोजी जारी छ ।




