काठमाडौं । पछिल्लाे २४ घण्टामा मुलुकभर ५ सय ३३ जना काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०७ हजार ६३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ सय ९० जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार २७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । याेसँगै मृतक संख्या संख्या ११ हजार ४०१६ पुगेको छ ।




