मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा मेष राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिनामा प्रेम र मित्रताको बन्धन कसिनुका साथै वैवाहिक र दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मंसिर महिनामा नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । उपहार र मान् सम्मान पाइनेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा मिश्रित फल मिल्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । १६ गतेबाट चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्घ हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यात्राको सम्भावनालाई नकार्न सकिँदैन । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा कुनै कुराले मनमा शान्ति छाउनेछ । अधुरा या नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिने र लाभ हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो मंसिर महिनामा नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वैवाहिक र दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । (अधिक जानकारीको लागि 977-9849559502)




