मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता अध्ययनमा रुचि जाग्नुका साथै सफल यात्राका योग पनि देखिन्छन् । घरमा अतिथिको आगमन हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वाहन सुख पनि मिल्नसक्छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धार्मिक यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला । मंगलबार बाट कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रमाइलो यात्राको योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । भ्रमण र नयाँ कमको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउनसक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ । सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता रमाइलो यात्राको योग रहेको छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता आँटेको र ताकेको कार्य पुरा होला । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिन सक्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ । घर जग्गा र भौतिक साधन जुटाउने समय छ । भ्रमणको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । (अधिक जानकारीका लागि 977-9849559502)




