काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३४१ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७ जना र ११ देखि २० वर्षका ३६ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ७१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ६२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ६०, ५१ देखि ६० वर्षका ४४ जना, ६१ देखि ७० का १९ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९ जना रहेका छन् । ८० वर्षमाथिका ५ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ५ हजार ८२४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




