मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक कार्यमा विशेष रुचि रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या आउला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुष महिनामा सोचेको जस्तो सफलता अलि मिल्ने छैन । पुँजी बजारको लगानी पनि नोक्सानी हुन सक्छ । नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिने छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । स्वास्थ्य प्रति सजग रहनु उचित हुने देखिन्छ । कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पुष महिना समग्रमा सकारात्मक नै रहेको छ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । इनाम र प्रतिष्ठा कमाउने बेला छ । गरेको कार्यमा सफलता पाइनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आर्थिक नोक्सानी होला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा काम देखाएर अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । सफल सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो पुष महिनामा लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग पनि छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पुष महिनामा जोश जाँगर बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाहन लाभ हुने समय आएको छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु उचित हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले आर्थिक समस्याले सताउन सक्छ । चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २० गतेबाट घुमफिर र भ्रमणको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा तपाईंको राशिबाट दसौं भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । नयाँ कार्य प्राप्तिको योग छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । धर्म कर्म तथा समाजसेवामा मन लाग्ला । वैदेशिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा धन खर्च पनि हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पुष महिनामा रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । पुँजी बजारमा लगानीको अवसर पनि छ । (अधिक जानकारीको लागि 977-9849559502)




