मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधार पनि आउला, तर पुँजी बजारको लगानीमा ह्रास आउन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता महत्त्वपूर्ण कामको योजना बन्ने र रोकिएका कामको पुन: थालनी हुनेछ । शैक्षिक क्षेत्रमा सफलताको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । मध्य सातामा मनमा छटपटी बढ्नाले दुबिधा रहला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल यात्रा हुनेछन् । कलकारखाना र बन्दव्यापार पुन: सुचारु हुनेछन् । शेयर बजारले साथ दिनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्ता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । लामो समयदेखि रोकिएका धन हात पर्न सक्छ । प्राविधिक कार्यमा प्रगति हुनेछ । राजनैतिक क्षेत्र र समाजमा कीर्ति वृद्धिका योग पनि देखिन्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा मालसामान हराउन सक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् । साताको मध्यबाट भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । लगानी गरेको ठाउँबाट राम्रै प्रतिफल पाइएला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । समाजसेवामा मन लाग्नेछ र राज्यबाट सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धबाट पढाई लेखाइमा बाधा आउन सक्छ । व्यापार व्यवसायमा नोक्सानी पनि होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता सफल यात्राको योग छ र मनमा शान्ति मिल्नेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता बन्धुबान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ स्थानको भ्रमणको योग समेत रहेको छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रको कामहरू अघि बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको योजना वा चर्चा पनि छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शुभकार्यको चर्चा चल्नेछ । सरुवा र बढुवाको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यवसायका लागि नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ । (अधिक जानकारीका लागि 977-9849559502)




