काठमाडौं । कोभिड-१९ व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोभिड १९ व्यवस्थापन समितिको आइतबारको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।
यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ । यससँगै खोप लगाएको कार्ड भएकाले मात्र यस्तो स्थानमा प्रवेश पाउने छन् ।




