मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।

मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन् । बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।

कर्णालीमा यो तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे ।

आज पनि हिमपात भइरहेकाे छ । मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।






