काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो ।
बोर्डले गरेको निर्णय अनुसार आज बिहीबारको गोरखापत्रमा परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिकमा सार्वजनिक भएको हो ।
यसअघि सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनु भएको थियो । दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।







