काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अव अर्को शिराबाट जनयुद्ध थालनी हुने समेत बताउँनुभएको छ । उहाँले हिंसाबिहिन तर नयाँ क्रान्तिको सुरुवात रुकुमबाटै हुने समेत बताउनुभयो ।
३२ औं जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), रुकुम पश्चिमद्वारा रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रुपान्तरणका लागि जन प्रशक्षिण कार्यक्रममा बोल्नु हुदै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको उपलब्धि केहि फटाहारुले खतरामा पारेको आरोप लगाउनुभयो ।
प्रचण्डको ताकत छैन भन्नेहरुलाई रुकुमेली जनताका बिचबाट खबदारी गर्न चाहेको समेत उहाँले बताउँनुभयो । क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ र उर्जाले आफूले अब थोरै समय काठमाडौ र धेरै समय जनताको बिचमा दिन चाहेकोले आफु कुनै हालतमा प्रतिगमनकारी बिरुद्ध नझुक्ने उहाँले बताउनुभयो । प्रचण्डले रुकुम पुगेर विगतका केहि आफ्ना कदमहरुको आत्मआलोचना सहित नयाँ संकल्प गर्न जनता माझ आएको बताउँनुभयो ।
उहाँले विगतका बाचा प्रतिवद्धता कहिल्यै नभुल्ने बताउँदै आफुले राष्ट्र र जनता प्रति दाया बाँया नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सहिद परिवार तथा जनयुद्धताका त्याग गर्नेहरु ओझेलमा परेकि भन्ने लागेको तर अब त्यस्तो नगर्ने बताउनुभएको छ । अध्यक्ष दाहालले जन प्रशिक्षण गर्न आएको आफुले रुकुमबाट उल्टो प्रशिक्षण पाएको बताउनुभयो ।
अब जनता माझ धेरै बोल्नु भन्दा काम गर्नुपर्ने कुरा आफुले देखेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका दाहालले जनता आफुलाई हैन, आफू जनतालाई हेर्न रुकुम आएको समेत बताउँनुभयो । प्रदेश सरकारलाई अपदस्त गर्ने कोशिस भएको बताउँदै उहाँले कहि समय प्रतिपक्षमा बस्न तयार भएको र चाँडै नै जनताको जनताको साथले राष्ट्रिय रुपमा बिजयी हुने समेत उल्लेख गर्नुभयो ।






