एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको पहिलो खेल मुम्बई इन्डियन्स र रोयल चैलेन्जर बेंग्लोर दुवै टिम टूर्नामेन्ट जितका साथ गर्न चाहन्थे । तर, गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै रोयल चैलेन्जरले विजयी सुरुवात गर्यो ।
अन्तिम बल सम्म गएको खेलमा आरसीबीले गत वर्षको च्याम्पियनलाई पराजित गर्न सफल भयो । आरसीबीले अन्तिम बलमा दुई विकेट बाकी रहँदा खेल जित्न सफल भएको थियो । खेल रोमाञ्चक रुपमा सम्पन्न भएको थियो ।
त्यसअघि मुम्बईका कप्तान रोहित शर्मा आउट हुँदा प्रशंसकहरू खुसी थिएनन् । विराटले उनलाई १९ रन हुँदा रन आउट गरेको थिए । रोहितको लागि रनआउट हुनु दुभाग्यपूर्ण हुन पुग्यो । उनी यस संस्करणको आईपीएलमा रनआउट हुने पहिलो ब्याट्सम्यान बने ।
यसका साथै रोहित आईपीएलमा धेरै पटक रन आउट हुने खेलाडी समेत हुन् । उनी हालसम्म ३६ पटक रनआउट भएका छन् । आरसीबी विरूद्ध दुर्भाग्यपूर्ण रुपमा रनआउट भएका रोहित आफ्नो गल्तीबाट ११ चोटि र पार्टनरको गल्तीका कारण २५ पटक रनआउट भएका छन् ।






