सर्लाही । सर्लाहीको शिवनगरमा आजबाट बाँध बाँध्न सुरु गरिएको छ । सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल शिवनगरमा गत सोमबारको भारी वर्षापछि लखन्देखी खोलाको बाढी खेत तथा गाउँतर्फ पसेर स्थानीयको बिचल्ली भएपछि बाँध बाँध्न सुरु गरिएको हो ।
यस अघिको बाँध बाढीले बगाएपछि थप विनास निम्तन सक्ने भन्दै नेपाली सेनाले बाँध कस्न सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाँध बाध्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाँध बाँध्न थालिएको हो ।
कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमारले बाँध बाँध्नका लागि आवश्यक सामग्री जोरजाम गरी बाँध बाँधिएको बताए । हालैको वर्षाले बाढी पस्दा शिवनगरमा सयौँ बिगाहमा लगाइएको धान खेतमा क्षति गराएपछि चन्तित स्थानीय किसान बाँध बाँध्ने अभियानमा जुटेका हुन् ।




