एजेन्सी । सामाजिक सञ्जालमा हरेक दिन कुनै न कुनै भिडियो भाइरल भइरहेका छन् । कतिपय भिडियो यस्ता छन्, जसलाई हेरेपछि हामीलाई पूर्ण रूपमा स्तब्ध बनाइदिन्छ । त्यहाँ केही भिडियोहरू छन् जसले हामीलाई छक्क पार्छ । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।
यो भिडियोमा सलमान खान र रोनाल्डो एक कार्यक्रममा उपस्थित रहेको देख्न सकिन्छ । उनीसँगै धेरै व्यक्तीहरु पनि रहेको देखिन्छ । यस्तो अवस्थामा रोनाल्डोले कसरी सलमान खानलाई चिन्न नसक्ने गरी अगाडि बढ्छन् भन्ने भिडियोमा देख्न सकिन्छ । यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।
रोनाल्डोलाई फोकस गरेर खिचिएको भिडियोको पृष्ठभूमिमा सलमान खान देखिएका छन् । रोनाल्डो आफ्नी प्रेमिकाको हात समातेर बाहिर निस्किँदै गर्दा सलमानले बाटैमा उभिएर हेरिरहेका थिए । तर, रोनाल्डोले सलमानलाई वास्ता नगरी अगाडि बढेको देखिन्छ ।
रोनाल्डो आफू नजिक आउँदा सलमानको आँखा उनीतिर थिए । तर, रोनाल्डोले आफूलाई नहेरेपछि सलमानले पनि एप्रोच गरेनन् । साउदी शेखहरुले रोनाल्डोलाई घेर्दा सलमानलाई कसैले वास्ता गरेनन् । भिडिओमा उनको अनुहार उजाड देखिन्छ । यता भारतीय मिडियाले भने क्रिस्टियानोको करियर खत्म भन्दै समाचार लेख्न भ्याएका छन् ।




