काठमाडौं । ‘कृषिमा यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ नाराका साथ नेपालमा पहिलो पटक प्रदेश स्तरीय ‘कृषि यान्त्रिकरण’ प्रदर्शनी हुने भएको छ ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन ललितपुर, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, पोखरा, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २० देखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरा प्रदर्शनी केन्द्रमा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको हो ।
तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ४० जिल्लाका १० हजारभन्दा बढी अगुवा किसानहरू, नीति निर्माता, विषय विज्ञ, व्यवसायीको भ्रमण हुने अपेक्षा गरिएको छ । मेलामा नेपाल र भारतका गरी ४० भन्दा बढी प्रदर्शनीकर्ताहरू, ५५ ओटाभन्दा बढी स्टलहरू रहनेछन् ।




