काठमाडौं । कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी ‘छैटौं नेपाल एग्रीटेक’ आगामी माघ १२ गतेदेखि आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स र एक्जीविजन एण्ड ट्रेड सर्भिसेस् इन्डियाले संयुक्त रुपमा यो प्रदशर्नी गर्न लागेका हुन् ।
यो प्रदशर्नी माघ १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रर्दशनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रि बेदुराम भुसालले गर्नेछन् ।
प्रवर्द्धकको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको रुपमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ छन् ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने अयोजकले जनाएको छ ।
उक्त प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर आयोजकले विश्वास लिएको छ । प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था छ ।




