वीरगंज । सोमबार साँझदेखि वीरगंजमा लगाइएको कर्फ्यु हालको लागि यथावत राखिएको छ । सोमबार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु मंगलबार पनि जारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए ।
स्थिति पूर्णरुपमा सहज भएपछि कर्फ्यु हटाइने उनले बताए । बुधबारसम्म स्थिति समान्य हुने भन्ने अनुमान गरेको लम्सालको भनाइ छ । तुरुन्तै कर्फ्यु हटाइ हाल्ने स्थिति नभएको भन्दै जिल्ला सुरक्षाको टिमले निरन्तर रुपमा वीरगंजको वस्तु स्थति मूल्यांकन र विश्लेषण गरिरहेको उनको भनाइ छ ।
रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको क्रममा भएको विवादलाई लिएर वीरगंजमा सोमबार बजार बन्दको आह्वान गरिएको थियो । सो क्रममा दुई पक्षबीच विवाद र झडप समेत भएको थियो ।




