बाँके । बाँकेमा लुटेरा समूहले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ३ का ४० वर्षीय सन्तोष कठरियाको मृत्यु भएको हो । बुधबार राति साढे ११ बजे ५/६ जनाको समूह लुट्नको लागि कठरियाको घर छिरेका थिए । लुटपाट गर्ने क्रममा उनीहरूले सन्तोषमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका सन्तोषको नर्सिङ अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनकी ३५ वर्षीया श्रीमती सविता राजवंशी घाइते भएकी छन् । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी पुग्दा त्यहाँ लुटेराका समूह भागिसकेका थिए । कठरियाको घरबाट सुनसहित ४० हजारभन्दा बढी लुटपाट भएको अनुमान गरिएको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




