काठमाडौं । नेपालबाट भारत लगिरहेको २० किलो गाँजासहित एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका १ निवासी दिनेश मुखिया रहेका छन् ।
बिहिबार राति भारतको अगर्वाबाट मुखियालाई पक्राउ गरिएको बिहार पुलिसले जनाएको छ । पक्राउ परेका मुखिया र गाँजालाई जितना थानामा राखिएको छ ।




