काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला १ हजार ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु १ लाख ३० हजारमा कारोबार भएकामा आज प्रतितोला रु १ लाख ३१ हजार ६ सय कायम भएको छ ।
यस्तै, तेजाबी सुन आइतबार रु १ लाख २९ हजार ४ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रु १ हजार ५ सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।




