काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम, उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवार गाडी सोमबार दुर्घटनामा परेको छ । दुर्घटनामा सभापति खान स्वयं घाइते भएका छन् ।
काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीर भन्ने स्थानमा दुर्घटनामा परेको संसद् सचिवालयका उपसचिव प्रदीप नेपालले जानकारी दिए ।
‘जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष, पूर्व खानेपानी मन्त्री एवम् उद्योग तथा वाणिज्य र श्रम, उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानज्यू उहाँको निजी सचिवालयका साथीहरूको साथमा बिहान करिब ५ बजे काठमाडौंबाट बर्दिया जिल्ला जाने क्रममा आज धादिङ जिल्लास्थित बेनीघाट रोराङ गा.पा. ७ को कृष्णभीर भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ । उहाँहरू सबैमा शीध्र स्वास्थ्यलाभको कामना गर्दछु,’ दुर्घटनाको तस्वीरसहित नेपालले लेखेका छन् ।




