काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ ।
यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो सुनको भाउ तोलाको १ लाख ३७ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




