काठमाडौं । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन् ।
तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट १ लाख २१ हजार ५ रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जले उनलाई बिहीबार पक्राउ गरेको हो ।
नेपालगन्ज २ बाट पक्राउ परेका पालका साथबाट एक लाख २० हजार रूपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा र स्रोत नखुलेको एक हजार पाँच रूपैयाँसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।




