काठमाडौं । दुई देशको नागरिकता लिएको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अब्दुल जब्बार शाहका ४० वर्षीय छोरा गुलाम गौस रहेको हरैया प्रहरीका प्रभारी अनुजकुमार सिंहले बताए ।
गुलामसँग नेपालको सर्लाही जिल्ला मलङ्गवा नगरपालिका ३ बाट बनाइएको नेपाली नागरिकता, नेपाली राहदानीको प्रतिलिपि भेटिएको थियो भने भारतको सीतामढी सिरौली ८ को आधारकार्ड, प्यानकार्ड, लाइसेन्स, भारतीय राहदानी लगायत भेटिएको प्रहरीले जनाएको छ ।




