चितवन । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पौने १२ बजे रत्ननगर ४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो ।
मृत्यु हुनेमा रत्ननगर ३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । घरको भित्तामा ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।




