ललितपुर । कान्ति लोकपथ बन्द भएको छ । मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द गरिएको हो । कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले अर्को सूचना नभएसम्म यो सडक बन्द रहने जानकारी दिए ।
‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्णरूपमा क्षति भएको छ’, उनले भने, ‘भित्ता कटिङका क्रममा खसेको ढुंगाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन । अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ ।’
मर्मत सम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारी साधन आवत जावतका लागि खुला गरिएको थियो ।




