काठमाडौं । हेटौंडा १० बसपार्कमा आज शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६ महेन्द्रनगर बस्ने वर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी घर भई हाल हेटौंडा ११ थानाभर्याङ डेरा गरी बस्ने वर्ष २० को समिर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले कुँवर माथी खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।




